काठमाडौं : जेएनजी आन्दोलनको उथलपुथल बीच विभिन्न कारागारबाट फरार भएका कैदीहरूलाई धादिङ प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेको छ।आन्दोलनकै बहानामा कैदीहरू नख्खु, केन्द्रीय, भद्र, भीमफेदी लगायतका कारागारबाट फरार भएका थिए। तर अहिले धादिङ प्रहरीले फरार भएका १२७ जनालाई क्रमशः पक्राउ गर्दै कारागारमा बुझाउन थालेको हो।
धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालले ‘शान्ति सुरक्षा कायम गर्ने प्रश्नमा कुनै सम्झौता हुँदैन। अपराधी जसले आन्दोलनलाई ढाल बनाई भागे पनि अब प्रहरीले नछोड्ने’ दृढता व्यक्त गरेका छन्।
एसपी रिजालले समाजमा यस्ता आपराधिक गतिविधि देखिए तुरुन्त प्रहरीलाई खबर गर्न नागरिकलाई आग्रह पनि गरेका छन्।पक्राउ परेका फरार कैदीहरूमा कर्तव्य ज्यान, मानव बेचबिखन, लागूऔषध कारोबार, डाँका, चोरी, सवारी ज्यानजस्ता गम्भीर अपराधमा सजाय पाएका व्यक्तिहरू रहेका छन्।
पक्राउ परेका फरार कैदीहरू :
जगत बिक (३७, अर्घाखाँची) – कर्तव्य ज्यान, केन्द्रीय कारागार
रनबहादुर गाहा (३८, रुपन्देही) – कर्तव्य ज्यान, केन्द्रीय कारागार
राजकुमार भन्ने कृष्ण बिक (३८, रुपन्देही) – कर्तव्य ज्यान, केन्द्रीय कारागार
हिमाल खड्का भन्ने सुरेश परिवार (५१, दाङ) – ज्यान मुद्दा, केन्द्रीय कारागार
राजाराम गिरी (५०, चितवन) – मानव बेचबिखन, नक्खु कारागार
सम्भु चौधरी (४६, सुनसरी) – कर्तव्य ज्यान, नक्खु कारागार
हेमन्त श्रेष्ठ (३८, भक्तपुर) – कर्तव्य ज्यान, केन्द्रीय कारागार
सतेपाल यादव (७०, रुपन्देही) – लागुऔषध, केन्द्रीय कारागार
सौगात दमाई (३२, कपिलवस्तु) – ज्यान मुद्दा, केन्द्रीय कारागार
मिलन कोइरी (२४, रुपन्देही) – सवारी ज्यान, केन्द्रीय कारागार
कृष्ण रोय (३८, भारत) – लागुऔषध, केन्द्रीय कारागार
शंकर कुमाल (३५, तनहुँ) – कर्तव्य ज्यान, नक्खु कारागार
सन्दिप विश्वकर्मा (३१, गुल्मी) – चोरी, केन्द्रीय कारागार
सुरज बहादुर जीसी (४२, पाल्पा) – किर्ते मुद्दा, केन्द्रीय कारागार
शुसिला माजाकोटी (तनहुँ, बन्दिपुर) – कर्तव्य ज्यान, केन्द्रीय कारागार
लक्ष्मी वादी (बाँके) – मानव बेचबिखन, केन्द्रीय कारागार
सुर्जा बी.क. (सुर्खेत) – कर्तव्य ज्यान, केन्द्रीय कारागार
रोजि तलेन (बोलिभिया) – कोकिन, केन्द्रीय कारागार
अल्का हेरेरा (बोलिभिया) – कोकिन, केन्द्रीय कारागार
विवेक भण्डारी उर्फ युवराज (गुल्मी) – डाँका र हातहतियार, नखु कारागार
रबि गिरी (मकवानपुर) – कर्तव्य ज्यान, भीमफेदी कारागार
राजन थापा (सुनसरी) – कर्तव्य ज्यान, नक्खु कारागार
मनोज बिष्ट (तनहुँ) – कर्तव्य ज्यान, भीमफेदी कारागार
लोकेन्द्र तमाङ (धादिङ) – लागुऔषध, केन्द्रीय कारागार
धादिङ प्रहरीले चलाएको यो विशेष नियन्त्रण अभियानले जनसुरक्षाप्रति प्रहरीको दृढता प्रमाणित गरेको छ। जेएनजी आन्दोलनकै क्रममा भागेका अपराधीलाई पुनः कानुनी दायरामा ल्याउन धादिङ प्रहरीको भूमिकाले प्रहरीप्रति नागरिकको विश्वास बढाएको देखिन्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij