Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

जेनजी आन्दोलनका सहिदको सम्मानमा धनगढीमा सडक नामाकरण

जेनजी आन्दोलनका सहिदको सम्मानमा धनगढीमा सडक नामाकरण

धनगढी  : कैलालीको धनगढी उपमहानगरपालिकाले जेनजी आन्दोलनका सहिदको सम्मानमा धनगढीको एक सडकलाई जेनजी मार्ग नामाकरण गर्ने भएको छ।

 सो पालिकाले धनगढी उपमहानगरपालिका–१ स्थित पार्क चोकदेखि पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोड छुने सडकलाई जेनजी मार्ग नामाकरण गर्ने भएको हो।त्यसका लागि जेनजी मार्ग नामाकरण गर्ने सम्बन्धी प्रस्ताव कार्यपालिका बैठकमा लगिने नगर प्रमुख गोपाल हमालले बताउनुभयो।

हमालले पार्क क्षेत्रको सडकलाई जेनजी मार्ग नाम प्रयोग गर्न पनि नगरवासीलाई आग्रह गर्नुभएको छ।

उहाँले परिवर्तन, न्याय र अधिकारका लागि जेनजी आन्दोलनमा आफ्नो अमूल्य जीवन समर्पण गर्ने सहिदहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहिदको साहस सबैका लागि प्रेरणाको स्रोत रहेको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij