Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

बागलुङको चौरीखोलामा पहिरो खस्दा कालीगण्डकी काेरिडोर अवरुद्व

बागलुङको चौरीखोलामा पहिरो खस्दा कालीगण्डकी काेरिडोर अवरुद्व

बागलुङ :  अविरल वर्षासँगै दक्षिण बागलुङको जैमिनी नगरपालिका वडा–८, छिस्तीको बेलबगरस्थित चौरीखोलामा पहिरो खस्दा कालीगण्डकी काेरिडोरको बागलुङ खण्ड अवरुद्व भएको छ ।

बुधबार बिहान खसेको पहिरोले काेरिडोर सडक पूर्णरूपमा अवरुद्व भएको प्रहरीले जनाएको छ । गत सोमबार चौरीखोलामै पहिरो खसेपछि स्थानीय तहको समन्वयमा पहिरो पन्छाइएको थियो ।

प्रहरी चौकी छिस्तीका प्रहरी हबलदार यादवबहादुर कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोली पहिरो पन्छाउन सम्बन्धित निकायसँग पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।

सदरमुकाम बागलुङ बजारबाट दक्षिण क्षेत्र जोड्ने काेरिडोर अबरुद्ध हुँदा बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा, रूपन्देही हुँदै पश्चिम चल्ने सबै सवारी सधान रोकिएका छन् । सोही बाटोहुँदै उत्तर मुस्ताङसम्म चल्ने सवारी साधन र भैरहवाबाट सामान बोकेर आएका मालबाहक ट्रकहरू पनि पहिरोमा रोकिएका छन् ।

वर्षा निरन्तर भइरहेकाले सडक खुलाउन कठिन भइरहेको प्रहरी नायब उपरीक्षक वसन्त पाण्डेले बताउनुभयो । पछिल्लो समय काेरिडोरको बागलुङ नगरपालिका वडा-१३, कालाखोला पहिरोले दुःख दिँदैआएको छ । बागलुङ–कुश्मीशेरा सडकको दव्ल्याङमा विगत पाँच वर्षदेखि खसिरहेको पहिरोले सामान्य वर्षा हुँदासमेत सडक अबरुद्ध हुँदा यात्रुले सास्ती खेप्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij