Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

जेनजी आन्दोलन: जेल भगदडमा गोली प्रहार, १० मृतक (नामसहित)

जेनजी आन्दोलन: जेल भगदडमा गोली प्रहार, १० मृतक (नामसहित)

काठमाडौँ : जेनजी प्रदर्शनको क्रममा जेल तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर १० जनाको मृत्यु भएको छ । बाँकेमा रहेको बालसुधार गृह नौबस्ता, कारागार कार्यालय रामेछाप र धादिङबाट भाग्न खोजेका कैदीबन्दीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा बालसुधार गृह नौबस्तामा रहेका नाबालक बन्दीहरू अछाम घर भएका २१ वर्षीय उमेश विष्ट, दाङ घर भएका २० वर्षीय दिनेश घर्तिमगर, बाँकेका २० वर्षीय समीर थापा, कैलाली घर भएका १९ वर्षीय जगत देउवा र दैलेख घर भएका २१ वर्षीय भूपेन्द्र खत्री छन् ।

जिल्ला कारागार रामेछापबाट भाग्ने क्रममा मोरङ घर भएका ५१ वर्षीय राजकिशोर यादव, धनुषाका ५८ वर्षीय बिरु धोबी र धनुषाकै ४० वर्षीय मनोज महतोको मृत्यु भएको छ ।

जिल्ला कारागार धादिङबाट जेल तोडेर भाग्ने क्रममा सेनाले चलाएको गोली लागेर धादिङको बेनिघाट घर भएका ६१ वर्षीय जित बहादुर घले र पूर्व नवलपरासीका ३६ वर्षीय इन्द्र बहादुर डालाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij