Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

जेनजी आन्दोलन : छिन्नमस्ताले पुनर्निर्माणका लागि ५ लाख ५१ हजार दिने

जेनजी आन्दोलन : छिन्नमस्ताले पुनर्निर्माणका लागि ५ लाख ५१ हजार दिने

काठमाडौं : छिन्नमस्ता गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माण गर्न पाँच लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ ।जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त बैठकले दुई दिनको तलब भत्ता बराबर ५लाख ५१ हजार रुपैयाँ राष्ट्रिय पुनर्निर्माण कोषमा प्रदान गर्ने निर्णय गरेको अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

छिन्नमस्ता गाउँपालिका पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाह गर्दै पुनर्निर्माण तथा विकासको यात्रामा सक्रियता पूर्वक अघि बढ्ने उनको भनाइ छ ।नागरिकलाई कुनै पनि प्रकारको असुविधा वा अप्ठ्यारो नहुने गरी दक्ष, जिम्मेवार र प्रभावकारी सेवा प्रवाह गर्दै आइरहेकोमा अझ थप परिस्कृत ढंगबाट सेवा प्रवाह गर्ने अध्यक्ष चौधरीले बताए ।जेनजी आन्दोलनका क्रममा सिंहदरबारलगायत देशभर ठूलो मात्रामा भौतिक संरचनामा क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij