काठमाडौं : सुदूरपश्चिम प्रदेशमा बुधबार ‘बुढी पोल्ने’ पर्व मनाइँदै छ। हरेक वर्षको असोज १ गते सुदूरपश्चिमका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा ‘बुढी पोल्ने’ पर्व मनाइन्छ।भदौ १ गतेका दिन बिच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाँगाबिँगा काटेर पूतना बुढी अर्थात् राक्षस पूतनाको प्रतीक बनाइएको हुन्छ। त्यो प्रतीकलाई असोज संक्रान्तिका साँझ गाउँका सबै मिलेर जलाउने गरिन्छ, जसलाई स्थानीय भाषामा बन्दुनी जलाउने भनिन्छ। बन्दुनी जलाउने ठाउँमा आ-आफ्नो बारीमा फलेका काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले थु-थु गर्ने चलन छ। यसैगरी लुतो फाल्ने पनि गरिन्छ।
यसै गरी बुढी पोलेर घर फर्किने क्रममा बाटो-बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ। कंसद्वारा पठाइएकी राक्षस पूतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व मनाउने प्रचलन रहेको छ ।आजको दिनलाई सुदूरपश्चिममा बन्दुनी सङ्क्रान्ति पनि भन्ने चलन रहेको संस्कृतिका जानकार बताउँछन्
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij