काठमाडौं : कक्षा १२ को स्थगित मौका (पूरक) परीक्षा आउँदो असोज ७ गते मङ्गलवार र ८ गते बुधवार हुने भएको छ ।मौका परीक्षाको नयाँ तालिका आज सार्वजनिक गरिएको छ । यसअघि गएको भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेन–जी आन्दोलनका कारण स्थगित गरिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले संशोधित नयाँ तालिका सार्वजनिक गरी परीक्षा यही असोज ७ र ८ गतेका लागि तोकिएको जनाएको छ ।परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij