Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

संदिग्ध गतिविधि देखिएपछि सुरक्षा निकायको निगरानीमा सुदन गुरुङ

संदिग्ध गतिविधि देखिएपछि सुरक्षा निकायको निगरानीमा सुदन गुरुङ

काठमाडौं : जेनजी आन्दोलनमा स्वयंसेवकका रुपमा मात्र खटिएर हाल नेतृत्वकै दाबी गरिरहेका हामी नेपाल अभियानका अध्यक्ष सुदन गुरुङका गतिविधि शंकास्पद देखिएको छ ।खासगरी उनको विदेशीहरूसँगको सम्पर्क र सञ्जालमाथि प्रश्न उठेको छ । आन्दोलनमा ठूलो भुमिका नभएपनि पछिल्लो समय सरकार गठनमै उनले हस्तक्षेप गर्ने प्रयास गरिरहेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कुरा नमानेको भन्दै उनलाई हटाउनेसम्मको धम्की दिए । आफु निकटस्थलाई मन्त्री बनाउन समेत दबाब दिइरहेका छन् । एक कर्पोरेट वकिलले उनलाई परिचालन गरिरहेको स्रोत बताउँछ ।

एक करोड पर्ने गाडी चढ्ने गुरुङ विभिन्न दाताको पैसाले एनजिओ चलाउँदै आएका छन् । जुन एनजिओमा विदेशी दूतावास र दूतावासनिकट संस्थाबाट पैसा लिंदै आएका छन् ।कतिपय एजेन्टले उनलाई परिचालन गरेको सूचना समेत सुरक्षा निकायले प्राप्त गरेको छ । विभिन्न रेष्टुरेन्टमा बसेर पछिल्लो समय उनी अनेक षड्यन्त्र गरिरहेको स्रोत बताउँछ ।

सोमबार बिहान मात्र उनी निलो प्लेटको गाडीबाट ओर्लिएर बालुवाटारको एक रेष्टुरेन्टमा बसेर छलफल गरिरहेका थिए । त्यहाँको गतिवधि संदिग्ध देखिएपछि सादा पोशाकका प्रहरी टोली गएर उनको टोलीलाई तितरबितर बनाएको थियो ।उक्त स्थानको सिसिटिभी फुटेज समेत सादा पोशाकका प्रहरीले लगेको प्रहरी स्रोतले बतायो। स्रोतका अनुसार उनी निरन्तर सुरक्षा निकायको निगरानीमा छन् ।

‘उनी कुनै समूहबाट परिचालिन हुन भन्ने देखिन्छ,’ एक उच्च सुरक्षा अधिकारीले भने,‘उनको सम्बन्ध र सञ्जाल त्यस्तै देखिन्छ ।’ उनको फ्रि-तिब्बत अभियानसँग पनि बिशेष सम्बन्ध देखिएको छ । फ्रि-तिब्बतको पक्षमा काम गर्दै आएका संस्थाहरूसँग हामी नपालले सहकार्य गर्दै आएको उनको वेभसाइट मै उल्लेख छ । यो विषयलाई लिएर छिमेकी देश चीनले पनि चासो राखेको छ ।

उनलाई विगतमा सहयोग गरेकै आधारमा बारबरा फाउन्डेसन संस्था समेत विवादमा तानिएको छ । सोही कारण संस्थाले पत्रकार सम्मेलन नै गरेर उनीसँग हाल कुनै सहकार्य नभएको भनेर प्रष्टीकरण दिएको छ ।

त्यसो त गोली खाने घाइतेहरुको वेवास्ता गरी गुरुङले आन्दोलनको अपनत्व लिन खोजेपछि जेनजीका अगुवाहरुले समेत उनीप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।उनका गतिविधि राष्ट्रिय सुरक्षामै जोखिम हुने देखिएपछि सुरक्षा निकायले निगरानी बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij