Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको दुई दिनको तलब पुनःनिर्माण कोषमा

छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको दुई दिनको तलब पुनःनिर्माण कोषमा

काठमाडौँ : सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको पुनःनिर्माणका लागि सहयोगको घोषणा गरेका छन् । भदौ २३ र २४ गते भएको आन्दोलनबाट भएको क्षतिको पुनर्निर्माणमा सहयोग पुर्‍याउने भन्दै गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुको संयुक्त बैठकले दुई दिनको तलब भत्ता दिने घोषणा गरेको अध्यक्ष विद्यानन्द चौधरीले बताए ।

जसबापत ५ लाख ५१ हजार रुपैयाँ राष्ट्रिय पुनर्निर्माण कोषमा प्रदान गरिने उनको भनाइ छ । अध्यक्ष चौधरी आफैं जेनजी पुस्ताका हुन् । ‘म आफैं जेनजी पुस्ताको मान्छे हो । आन्दोलनमा मेरो पनि समर्थन थियो । तर जुन भौतिक संरचनाहरूको क्षति भयो, त्यसले गर्दा नराम्रो लागेको छ । त्यसकै पुनः निर्माणको लागि सानो सहयोग गर्ने निर्णय गरेका हौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij