Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीद्वारा पदभार ग्रहण

नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौँ : नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छिन् । नवनियुक्त महान्यायाधिवक्ता भण्डारीले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरे लगतै पदभार ग्रहण गरेकी हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार महान्यायाधिवक्तामा नियुक्त गर्न सिफारिस गरेकी थिइन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij