Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

नारायणगढ–मुग्लिन सडक दुईतर्फी पुर्न सञ्चालन भएकाे जानकारी

नारायणगढ–मुग्लिन सडक दुईतर्फी पुर्न सञ्चालन भएकाे जानकारी

मुग्लिन  :  पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो ।

सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान ११: ०० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । वर्षाको समयमा यस क्षेत्रमा ढुंगा खस्ने जोखिम उच्च भएको हुदाँ सावधानीपूर्वक रोकेर हेरेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij