Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

रुपन्देहीमा क्षतिको विवरण सङ्कलन गर्न सुरु

रुपन्देहीमा क्षतिको विवरण सङ्कलन गर्न सुरु

बुटवल : जेन–जी आन्दोलनका क्रममा रुपन्देहीमा तोडफोड तथा आगजनीबाट भएको क्षतिको विवरण सङ्कलन सुरु भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले पूर्ण तथा आंशिक क्षति भएका सबै कार्यालयको विवरण सङ्कलन सुरु भएको बताए ।उनले जिल्लाका सरकारी तथा गैरसरकारी संस्थामा भएको क्षति विवरण सङ्कलन सुरु भएको बताए ।

आन्दोलनका क्रममा रुपन्देही भैरहवा भन्सार कार्यालय,बुटवल उपमहानगरपालिकासहित विभिन्न सरकारी कार्यालय तथा निजी क्षेत्रका व्यवसायीक प्रतिष्ठान एवं विभिन्न राजनीतिक दलका कार्यालय तथा केही नेताका घरहरूमा समेत क्षति भएको थियो ।त्यस्तै आन्तरिक राजश्व कार्यालय बुटवल, इलाका प्रशासन कार्यालय बुटवलसहित विभिन्न सरकारी कार्यालयहरूमा क्षति पुगेको छ ।

बुटवलको सुख्खानगर रहेको भाटभटेनी सुपरमार्केट, बुटवलस्थित ड्रिम इन्टरनेशनल होटल, तिलोत्तमामा रहेको होटल टुलिप, मणिग्राममा रहेको होटल ड्रिमल्याण्डसहित भैरहवा क्षेत्रका पनि केही व्यवसायीक प्रतिष्ठानमा क्षति पुगेको थियो। उनले सबै विवरण सङ्कलन गरेपछि जिल्लामा भएकाे क्षति यकिन हुने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij