Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

जेन्जीसँग सहकार्य गरी बेथिति अन्त्य गर्ने वैदेशिक रोजगार विभागको तयारी

जेन्जीसँग सहकार्य गरी बेथिति अन्त्य गर्ने वैदेशिक रोजगार विभागको तयारी

काठमाडौं : वैदेशिक रोजगार विभाग भ्रष्टाचार विरोधी अभियानमा सक्रिय जेनजीहरुसँग सहकार्य गरेर विभाग अगाडि बढ्ने योजनामा जुटेको छ ।जेनजीहरुको आन्दोलनका कारण देशमा सत्ता नै उलटपुलट भएको अवस्थामा विभागले वैदेशिक रोजगारका लागि विदेश जाने कुनै पनि नेपालीले समस्या भोग्नु नपर्नेगरी काम गर्नका लागि खाका तयार गरिसकेको छ ।

यसका लागि विभागका महानिर्देक कमलप्रसाद भट्टराईले आवश्यक तयारी थालेको विभागका एक अधिकारीले बताए । भट्टराइले यसअघिदेखि नै मेनपावर कम्पनीहरुलाई नियमन गर्ने तथा श्रम स्वीकृतीमा हुने गरेका बेथितिको अन्त्यका लागि टिम नै बनाएर काम गरिरहेका छन् ।

विगत ४ महिनादेखि नै बेथितिहरु सुधार गर्ने अभियानमा जुटेर परिवर्तको अनुभुति दिलाइसकेका महानिर्देशक भट्टराइले आगामी दिनमा जेनजी पुस्ताको स्प्रिटलाई आत्मसात गर्दै सुधारमा अझ आक्रामक कदम चाल्ने बताए ।

जेनजीहरुले देशमा भ्रष्टाचार अन्त्य हुनुपर्ने, २०४६ सालदेखि हालसम्म सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका जेनजीहरुमाथि निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले दमन गरेपछि युवाहरु तोडफोड र आगजनीमा उत्रिएका थिए ।

जेनजी युवाहरुको भिडमा घुसेका केही अराजक तत्वहरुले सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा तोडफोड र आगजनी गर्दा खरबौं रुपैयाँको नोक्सानी भएको छ भने देशकै प्रशासनिक भवन ध्वस्त हुँदा महत्वपूर्ण कागजातहरु जलेका छन् ।यद्यपी जेनजी युवाहरु भने आफूहरुको जीत भएकोमा देशमा परिवर्तन हुने भन्दै आशावादी देखिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानान्यायाधिश सुशीलाई कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाएका छन् भने प्रनिनिधिसभा विघटन भएको अवस्थामा जेनजीकै सल्लाहमा देशलाई अगाडी लैजानुपर्ने अवस्था छ ।

प्रधानमन्त्री कार्कीले पनि जेनजीको माग बमोजिम नै अगाडि बढ्ने बताइसकेकी छन् ।रोजगारीको शिलशिलामा विदेशमा पुगेका कतिपय युवाहरुले दुःख पाएको अवस्थामा अब त्यस्तो नहुने भन्दै विभागले जेनजी युवाहरुसँग सहकार्य गरेर अगाडि बढ्ने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij