कञ्चनपुर : नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच दिनपछि खुलेको छ । भारतीय सीमासुरक्षा बल (एसएसबी) ले गड्डाचौकी सीमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पाँच दिनपछि भारतीय पक्षले नेपाल–भारत मैत्री बस नेपाल प्रवेश गर्न दिएको छ भने गड्डाचौकीस्थित ७ नम्बर पिल्लरसम्म यातायातसमेत सञ्चालनमा आएको छ ।
‘यसअघि शारदा ब्यारेजसम्म मात्रै यातायात सञ्चालन भएका थिए आज नाकासम्मै यातायात सञ्चलनमा आएका छन्’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले भने, ‘नेपाल–भारत मैत्री बस नेपाल भित्रिएका छन् ।’
आजदेखि भारतीय सीमासुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकलाई नेपाली परिचयपत्र देखाएर भारत प्रवेश गर्न दिएको छ । गत बुधबारदेखि भारतीय सीमासुरक्षा बल (एसएसबी) ले नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो । रासस
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij