काठमाडौं : जेनजी आन्दोलनका कारण लगाइएको कर्फ्यू र निषेधाज्ञा हटेसँगै आजदेखि स्थानीय तहको सेवा र विद्यालय सञ्चालन हुने भएका छन् ।शनिबारदेखि नै जनजीवन सामान्य बनेकोले जादेखि स्थानीय तहको सेवाका साथै विद्यालयहरु सञ्चालन गर्न लागिएको हो ।संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शुक्रबारै सेवा अघि बढाउनेबारे ७५३ वटै पालिकाहरूलाई सर्कुलर जारी गरेको छ ।
क्षति भएका कार्यालयहरूलाई वैकल्पिक स्थान खोजेर अत्यावश्यक सेवा अघि बढाउन भनिएको छ । सिंहदरबारभित्रका कार्यालयहरू पनि वैकल्पिक व्यस्थापन गरेर काम गरिने मन्त्रालयले जनाएको छ ।
स्थानीय तह र जिल्ला प्रशासनबाट सबैभन्दा धेरै स्थानीयका सेवाहरू सञ्चालन हुने गरेका छन् । सर्वसाधारणका अत्यावश्यक कामहरू रोकिएका थिए । मन्त्रालयले क्षतिग्रस्त कार्यालयहरुको विवरण पनि संकलन गरेर पठाउन भनेको छ ।
शिक्षा मन्त्रालयले पनि स्थिति सामान्य भएकाले आइतबारदेखि नै विद्यालयहरू खोल्न निर्देशन दिइसकेको छ ।विद्यालय स्थानीय तहमा अन्तर्गत पर्ने भएकाले सम्बन्धित पालिकाहरूले स्थिति अनुसार विद्यालयलाई जानकारी गराउने छन् ।
आन्दोलनका कारण केही दिन देश नै ठप्प भएको थियो । अपुरणीय मानवीय र भौतिक क्षति भएको छ । आन्दोलनपछि सरकार ढलेको छ । अन्तरिक सरकारको प्रधानमन्त्री नियक्त भएपछि सुशीला कार्कीले संसद विघटन गरिसकेकी छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij