बारा : जेनजी आन्दोलनका कारण बन्द रहेका जितपुर सिमरा उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय र वडा कार्यालयहरू आइतबारदेखि सञ्चालनमा आउने भएका छन्। उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले शनिबार बिहान सामुदायिक र संस्थागत विद्यालयका सञ्चालकहरूसँगको छलफलपछि पठनपाठन सुचारु गर्ने निर्णय भएको जानकारी दिए।
आन्दोलनका क्रममा उपमहानगरभित्रका २४ वटा वडा कार्यालयमध्ये ६ वटामा आगजनी र तोडफोडबाट पूर्ण क्षति पुगेको नगरप्रमुख पौडेलले बताए। उनले भने, ‘तोडफोड भएका वडा कार्यालयहरूबाट सेवा कसरी सुचारु गर्ने भन्ने विषयमा वडाध्यक्ष र वडा सचिवहरूले नै निर्णय गर्नुहुन्छ।’
आन्दोलनकारीहरूले उपमहानगरको पञ्जीकरण, जिन्सी शाखा र राष्ट्रिय परिचयपत्रसम्बन्धी महत्त्वपूर्ण कागजातहरू जलाएर नष्ट गरेकाले राष्ट्रिय परिचयपत्रको सेवा तत्काल सुरु गर्न समस्या हुने पनि नगरप्रमुख पौडेलले बताए।
मंगलबारदेखि उपमहानगरका सबै वडा कार्यालय र विद्यालयहरू पूर्ण रूपमा बन्द रहेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij