Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

जेनजी आन्दोलनका घाइते भेट्न अस्पतालमा प्रधानमन्त्री कार्की

जेनजी आन्दोलनका घाइते भेट्न अस्पतालमा प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्रीमा नियुक्त भएको २४ घण्टा नबित्दै सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको अवस्था बुझ्न अस्पताल भ्रमण सुरु गरेकी छन् ।शनिबार बिहान उनले वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टर पुगेर उपचाररत घाइतेहरूलाई भेटिन् । यस क्रममा कार्कीले चिकित्सकसँग उपचारको अवस्था बारे विस्तृत जानकारी लिँदै कुनै पनि घाइतेले आवश्यक स्वास्थ्य सेवा नपाउने अवस्था नआउने प्रतिबद्धता व्यक्त गरिन् ।प्रधानमन्त्री कार्की आजै सिभिल अस्पतालमा रहेका घाइतेहरूलाई पनि भेटेकी छिन् । साथै ट्रमा सेन्टरमा उपचाररत घाइतेहरुलाई समेत उनले भेटिन् ।

अस्पताल भ्रमणपछि उनले आन्दोलनका क्रममा प्रदर्शनकारीबाट आगजनीमा परेको कोटेश्वर प्रहरी चौकी र महाराजगञ्ज प्रहरी वृत्तको पनि निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरुद्ध सुरु भएको ‘जेन–जी आन्दोलन’ हिंसात्मक बन्दा हालसम्म ५१ जनाले ज्यान गुमाइसकेका छन् भने सयौं घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट