Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल जाने

प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल जाने

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका क्रममा घाइतेहरूलाई भेट्न अस्पताल जाने भएकी छन् ।शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की आज वीर अस्पतालको ट्रमा सेन्टर अनि बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न जान लागेकी हुन् ।

त्यस लगत्तै जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् । प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको पनि मृत्यु भएको थियो ।जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ भने हजारबढी घाइते छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij