Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाइ

भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाइ

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ तथा शुभकामना दिएका छन्। प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा शनिबार एक सन्देश पोस्ट गर्दै शुभकामना दिएका हुन्।

'नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेकोमा सुशीला कार्कीलाई बधाइ तथा शुभकामना छ। भारत नेपालका जनताको शान्ति, प्रगति र समृद्धिप्रति प्रतिबद्ध छ,'मोदीले सामाजिक सञ्जालमा लेखेका छन्।

शुक्रबार राति नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो अन्तरिम महिला प्रधानमन्त्री बनेकी हुन्। जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।शुक्रबार राति नै कार्कीलाई राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट