Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

कार्कीको नेतृत्वले देशका सबै नागरिकका लागि उज्ज्वल भविष्य निर्माण गर्ने पारसको विश्वास

कार्कीको नेतृत्वले देशका सबै नागरिकका लागि उज्ज्वल भविष्य निर्माण गर्ने पारसको विश्वास

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिएका छन्।खड्काले आफ्नो फेसबुक पोस्टमार्फत कार्कीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै देशका सबै नागरिकका लागि उज्ज्वल भविष्य निर्माण हुने विश्वास व्यक्त गरेका छन्। उनले राजनीतिक अस्थिरताबीच संयमता देखाउँदै कानुन र शान्ति–व्यवस्था कायम राखेकोमा सेनाप्रमुख आशोकराज सिग्देल र नेपाल सेनालाई विशेष आभार प्रकट गरेका छन्।

यस्तै, उनले भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। घाइते भएका युवाहरुलाई भने शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेका छन्।

“नेपाल निर्माण गर्ने जिम्मेवारी हामी सबैको हो, दृढ भएर अगाडि बढौँ,” खड्काले आफ्नो पोस्टमा लेखेका छन्। उनले अन्त्यमा “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्ने संस्कृत श्लोकसमेत उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij