काठमाडौँ : जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका प्रहरीहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
भाद्र २४ गतेको हिंसात्मक घटनाका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको थियो। त्यस्तै, कोटेश्वर वृत्तमा कार्यरत सहायक हवल्दार अमृत गुरुङले पनि सोही घटनामा ज्यान गुमाएका थिए।
तीन प्रहरीको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ आर्यघाटमा अन्त्येष्टि गरिएको हो। यो दुखद घटनाले सुरक्षाकर्मीहरूमाथि भएको जोखिमलाई पुनः उजागर गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij