Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

जेनजी आन्दोलनलाई चाँडो निकास देऊ : जितेन्द्र सोनल

जेनजी आन्दोलनलाई चाँडो निकास देऊ : जितेन्द्र सोनल

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले जेनजी आन्दोलनको मुद्दालाई गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरेका छन् । शुक्रबार ध्यानाकर्षण वक्तव्यमा जारी गर्दै सोनलले जेनजी आन्दोलन कुशासन, बेथिति र भ्रष्टाचारविरुद्ध उठेको भन्दै तत्काल निकास खोज्न आग्रह गरेका छन् ।

‘मुलुकलाई धेरै दिनसम्म राज्यलाई सरकारविहिनताको स्थितिमा राख्नु अझ बढी भयावह परिस्थिति सिर्जना गर्छ,’ उनले भनेका छन् । उनले ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, मधेस आन्दोलन तथा अग्रगामी परिवर्तनका लागि भएका अन्य आन्दोलनहरुको उपलब्धि रक्षा गर्दै समाधानको बाटो खोज्नुपर्नेमा जोड दिएका छन् ।

‘संघीयता, लोकतन्त्र, गणतन्त्र एवं लोकतान्त्रिक मूल्य-मान्यतालाई आधार बिन्दु मानेर अघि बढ्नुपर्छ,’ सोनलले उल्लेख गरेका छन् । संवैधानिक सर्वोच्चता र विधिको शासनलाई आत्मसात गर्न उनले सबै पक्षलाई अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij