Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

कार्यकर्ताहरु सडकमा आउन थालेपछि सेनाले नेताहरूको मोबाइल खोस्यो

कार्यकर्ताहरु सडकमा आउन थालेपछि सेनाले नेताहरूको मोबाइल खोस्यो

काठमाडौं : सुरक्षाका लागि सैनिक ब्यारेकभित्र रहेका नेताहरूले कार्यकर्ता उचाल्न थालेपछि सेनाले कडाई गरेको छ। सेनाले नेताहरुलाई मोबाइल चलाउन रोक लगाएको छ। स्रोतका अनुसार बिहीबार दिउँसो नै उनीहरुको मोबाइल खोसेर स्वीच अफ गरेर राखिएको छ।बिहीबार एमाले, कांग्रेसका कार्यकर्ताहरुले संविधान मिच्न नपाइने भन्दै प्रदर्शन गरेका थिए।यस्ता प्रदर्शनले दोहोरो झडपको स्थिती हुने देखिएपछि सेनाले नेताहरुलाई कडाई गरेको हो।

पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ , माधवकुमार नेपाल, बाबुराम भट्टराई लगायत सबै सेनाको ब्यारेकभित्र छन्। मंगलबार नै सेनाले उनीहरुलाई उद्धार गरी त्यहाँ लगेको हो। धेरै नेताहरु शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा छन्।पछिल्लो समय कडाई गरेपछि सेनाले नजरबन्दमा राखेको हल्ला पार्टीहरुमा छ।

नेताहरुकै कारण जेनजीको आन्दोलपछि नयाँ सरकार बन्न सकेको छैन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा सहमति भएपनि कुन प्रक्रियाबाट नियुक्त गर्ने भन्नेमा सहमति हुन सकेको छैन ।राष्ट्रपति रामचन्द्र पौडेलले सकेसम्म संवैधानिक प्रक्रियामार्फत जान नै आग्रह गरेका छन्। सभापति देवराज घिमिरेले पनि संसद बिघटन गर्न मानेका छैनन्। नेताहृरूले राष्ट्रपतिलाई उक्साएको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij