Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चार्ली कर्क हत्या प्रकरणमा सन्दिग्धको नयाँ तस्बिर सार्वजनिक

चार्ली कर्क हत्या प्रकरणमा सन्दिग्धको नयाँ तस्बिर सार्वजनिक

वासिङ्टन डीसी : अमेरिकामा चार्ली कर्कको हत्या प्रकरणमा एफबीआईले बिहीबार राति एक सन्दिग्धको तस्बिर सार्वजनिक गरेको छ । यस मामिलामा अहिलेसम्म कुनै पनि सन्दिग्ध हिरासतमा छैन । सन्दिग्ध भनेर तस्बिर बाहिरिएको व्यक्तिको नाम प्राप्त प्रहरीलाई प्राप्त भएको स्रोतहरूले बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।

यसअघि एफबीआईले यस मुद्दासँग सम्बन्धित जानकारी दिनेलाई क लाख डलरको इनाम घोषणा गरेको थियो । गोली चलाएको ठाउँ नजिकैको जङ्गलमा प्रहरीले राइफल फेला परेको छ । सन्दिग्ध व्यक्ति कलेजका विद्यार्थी जस्तो देखिने अधिकारीहरूले भनेका छन् ।गोली हानेपछि ती व्यक्ति छतबाट घाँसे मैदानमा हाम फाले र भागेको अनि कार पार्क हुँदै बाहिर निस्केको बताइएको छ ।

चार्ली कर्क अमेरिकाका हाई–प्रोफाइल रूढिवादी कार्यकर्ता र मिडिया व्यक्तित्वमध्ये एक थिए । कर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासिलो सहयोगी पनि थिए । ३१ वर्षीय कर्कले देशभरका कलेज क्याम्पसहरूमा खुला बहस आयोजना गर्थे । बुधबार युटाहको एक कलेजमा यस्तै बहसका बीचमा उनको गोली हानी हत्या गरियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट