Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

हिँड्दा यी ४ गल्ती त गरिरहनुभएको छ ? १० हजार पाइला हिँडेपनि पाउनु हुन्न फाइदा

हिँड्दा यी ४ गल्ती त गरिरहनुभएको छ ? १० हजार पाइला हिँडेपनि पाउनु हुन्न फाइदा

काठमाडौँ : दैनिक १० हजार पाइला हिँड्नु स्वास्थ्यको लागि निकै फाइदाजनक छ भन्ने कुरा त हामी सबैलाई थाहा छ। यसले तौल घटाउँछ, मुटु स्वस्थ राख्छ, तनाव कम गर्छ र ऊर्जा बढाउँछ । तर हिँड्दा तपाईँबाट हुने केही स–साना गल्तीहरूले तपाईँका सारा कडा परिश्रम खेर जान सक्छ । के यो कुरा तपाईँलाई थाहा छ ?

हिँडेको समयमा पाइला गन्नु मात्रै पर्याप्त हुन्न । सही तरिकाले हिँड्नु जरुरी छ । हिँडिरहँदा धेरैजसो मानिसहरू गल्तीहरू गर्छन् र यसमा धेरै ध्यान दिँदैनन्। आजको यस लेखमा हामी हिँड्दा हुने चार ठुला गल्तीबारे कुराकानी गर्नेछौँ । यी गल्तीका कारण तपाईँले हिँडेका सारा पाइला बेर्थ हुन्छन् ।

शरीरमा पानीको कमी

धेरै मानिसहरूलाई सोच्छन् कि जिममा कसरत गर्दा मात्र पानी पिउनु आवश्यक छ । तर यस्तो होइन। लामो पैदल यात्रा गर्दा पनि शरीरबाट पसिनाको माध्यमबाट पानी र इलेक्ट्रोलाइट्स निस्कन्छ। यस्तो अवस्थामा सही मात्रामा पानी पिउनुभएन भने तपाईंलाई डिहाइड्रेट हुन सक्छ।

यसले थकान, चक्कर लाग्ने, मांसपेशी दुख्ने र ऊर्जाको स्तर घट्ने जस्ता समस्या निम्त्याउन सक्छ। परिणामस्वरूप शरीरले क्यालोरीहरू राम्ररी बर्न गर्न सक्दैन र तपाईँले पैदल यात्राको पूर्ण लाभ पाउन सक्नुहुन्न।

त्यसैले वाकमा जानुभन्दा लगभग ३० मिनेट अगाडि एक वा दुई गिलास पानी पिउनुहोस्। यदि तपाईँ ४५ मिनेटभन्दा बढी हिँड्दै हुनु हुन्छ भने पानीको बोतल आफूसँगै बोक्न नबिर्सनुहोस् । नियमित अन्तरालमा स–सानो घुट्कीमा पानी पिइरहनुहोस्।

गलत जुत्ता लगाउनु

चप्पल, स्यान्डल वा फेसनेबल तर असहज जुत्ता लगाएर हिँड्नु वाकको समयमा गरिने सबैभन्दा ठुलो गल्ती हो। यस्ता जुत्ताले तपाईँको खुट्टालाई उचित टेवा दिँदैनन् । जसका कारण खुट्टा दुख्ने, छाला निस्कने, कुर्कुच्चामा चोट लाग्ने र घुँडा र ढाड दुख्ने समस्या निम्त्याउन सक्छ। गलत जुत्ता लगाएर हिँड्दा शरीरको मुद्रा पनि बिग्रिन्छ जसले गर्दा हिँडेर प्राप्त हुने फाइदा बेअसर हुन्छ वा कम फाइदा मिल्छ ।

त्यसैले वाकका लागि घरबाहिर निस्कँदा सधैँ राम्रो गुणस्तरको स्पोट्स् जुत्ता वा हिँड्ने जुत्ता लगाउनुहोस्। जुत्ता आरामदायी हुनुपर्छ, औंलाहरूको लागि पर्याप्त ठाउँ हुनुपर्छ र कुर्कुच्चालाई राम्रोसँग टेवा दिने खालको हुनुपर्छ।

वार्म अप र कूल डाउन नगर्नु

सिधैं छिटो छिटो गतिमा हिँड्न सुरु गर्नु र त्यसपछि अचानक रोकिनु स्वास्थ्यको लागि हानिकारक हुन सक्छ। वार्म अप नगरी हिँड्दा मांसपेशीमा तनाव र चोटपटक लाग्ने जोखिम बढ्छ। त्यस्तै गरी, अचानक रोकिँदा मुटुको धड्कन र रक्तचापमा अचानक गिरावट आउन सक्छ, जसले गर्दा चक्कर आउन सक्छ।

त्यसैले, हिँड्न सुरु गर्नुअघि, हल्का स्ट्रेचिङ गरेर र ५ मिनेट बिस्तारै हिँडेर आफूलाई न्यानो पार्नुहोस्। हिँडाइ सकिएपछि पनि ५ मिनेट बिस्तारै हिँड्नुहोस् र त्यसपछि हल्का स्ट्रेचिङ गर्नुहोस् ताकि शरीरलाई शीतल हुन समय मिलोस् ।

लामो लामो पाइला चाल्ने

धेरैजसो मानिसहरू सोच्छन कि लामो लामो पाइला चाल्दा छिटो हिँड्न सकिन्छ र हिँड्नुको फाइदा छिटो मिल्छ । तर यो गलत सोचाइ हो। धेरै लामो पाइला चाल्दा तपाईँको शरीरको सन्तुलन बिग्रन्छ। यसले खुट्टाको मांसपेशी विशेष गरी पिडौंला र जोर्नीहरूमा अतिरिक्त दबाब दिन्छ, जसले गर्दा दुखाइ हुने र चोटपटक लाग्न सक्छ।

त्यसैले वाकको समयमा सामान्य र आरामदायी पाइला चालेर हिँड्ने प्रयास गर्नुहोस्। पाइलाहरूको लम्बाइ प्राकृतिक हुनुपर्छ। छिटो हिँड्दा पाइलाहरू स्वतः अलि लामो हुन्छन्, तर जबरजस्ती धेरै लामो पाइला चाल्नु आवश्यक छैन।

अस्वीकरणः लेखमा उल्लेख गरिएको सल्लाह र सुझाव सामान्इ सूचनाका लागि अनलाइनबाट तयार पारिएका हुन् । यसलाई पेशेवर चिकित्सा सल्लाहका रूपमा नलिनुहोला । यसबारे कुनै चासो वा समस्या भएमा आफ्नो डाक्टरसँग सल्लाह गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट