काठमाडौं : जेनजी प्रदर्शनका क्रममा भैंसेपाटीस्थित प्रहरी प्रभागमा आगजनीपछि विस्थापित भएका प्रहरीलाई स्थानीयले स्वागत गरेका छन् ।बिहीबार मध्याह्न प्रहरी कार्यालयमा सरसफाइ गरेर स्थानीयले त्यहाँ कार्यरत इन्स्पेक्टर शशि शर्माको टोलीलाई स्वागत गरेका हुन् ।
स्थानीयसँगको सहकार्यमा प्रहरी कर्मचारी आगजनी भएकै भवनमा बस्न थालेका छन् । ललितपुरका ११ वटा प्रहरी कार्यालयहरू पुनर्स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij