Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

बारपाक सुलिकोटका सबै विद्यालय सञ्चालनमा

बारपाक सुलिकोटका सबै विद्यालय सञ्चालनमा

गोरखा : केही दिन अगाडी मात्र जेनजीले गरेको आन्दोलनका कारण देशैभरका शिक्षण संस्था अनिश्चित कालका लागि बन्द गरिएको छ ।तर उत्तरी गोरखामा रहेको बारपाक सुलिकोट गाउँपालिका क्षेत्र भित्रका सबै विद्यालय निर्बाध रूपमा सञ्चालनमा आएको छ ।

बिद्यार्थीहरु घरमा रहँदा अनावश्यक कुरामा अल्झने भन्दै गाउँपालिकाको शिक्षा शाखाले सबै विद्यालय सञ्चालनमा ल्याएको पालिका अध्यक्ष बिण्णु प्रसाद भट्टले बताउनु भयो।‘विद्यार्थी भाइबहिनीहरू घरमा बस्दा पनि उनीहरूलाई तनाव हुन्छ’ उनले भने ‘हामीले बिद्यार्थीहरुको तनाव कम गर्न र अनावश्यक कुरामा नलाग्नकैलागि विद्यालय सञ्चालनमा ल्याएका हौ ।’

विद्यालयहरू सञ्चालनमा आएसँगै सबै बिद्यार्थीहरु विद्यालय पुगेर अध्ययन थालेका छन् । पालिका भित्र रहेको ३१ विद्यालयमा करिब ३ हजार ५०० बिद्यार्थीहरु अहिले अध्ययन गरिरहेको पनि अध्यक्ष भट्टले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij