Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

ट्रम्प निकट चार्ली कर्कको गोली हानी हत्या

ट्रम्प निकट चार्ली कर्कको गोली हानी हत्या

वासिङ्टन डिसी : युटाहमा एक कार्यक्रमको क्रममा गोली लागेर रूढिवादी कार्यकर्ता चार्ली कर्कको मृत्यु भयो।कर्कलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिकको सहयोगी मानिन्थ्यो। उनी अमेरिकाभरि विभिन्न क्याम्पसहरूमा बहस कार्यक्रम सञ्चालन गर्ने व्यक्तिको रूपमा परिचित थिए।‘महान र प्रख्यात चार्ली कर्क अब रहेनन्,’ ट्रम्पले लेखे, ‘अमेरिकाका युवाहरूलाई चार्लीले जति कसैले बुझेन वा माया गरेन।’

एफबीआई निर्देशक काश पटेलले एक संदिग्धलाई हिरासतमा लिइएको र अहिले रिहा गरिएको बताएका छन्।अधिकारीहरूले गोली छतबाट चलाइएको विश्वास गरेका छन्। १८ वर्षको उमेरमा, कर्कले रूढिवादी समूह टर्निङ प्वाइन्ट यूएसए स्थापना गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट