काठमाडौँ : आँखा हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो । यसको मद्दतले नै हामीले यो संसार देख्न सकिरहेका छौँ । यस्तो अवस्थामा आँखाको हेरचाह निकै महत्त्वपूर्ण छ ।आँखाको हेरचाहको लागि राम्रो आहार खान विज्ञहरूले सुझाव दिने गरेका छन् । आँखाको ज्योति बढाउन बासी र्याल पनि प्रयोग हुँदै आएको कुरा के तपाईँलाई थाहा छ ? सीपीयू–पीएसआई सेन्टर फर टेडिशनिटोनल मेडिसिन, योग र संस्कारका निर्देशक प्राध्यापक राम अवतारले यसबारे विस्तृत रूपमा बताएका छन् ।
बासी र्याल छालाको लागि मात्र नभएर आँखा कमजोर हुँदै गइरहेका बच्चाहरूको लागि पनि धेरै राम्रो भएको प्रोफेसर राम अवतार भन्छन् । हरेक बिहान उठेपछि तपाईँले आफ्नो आँखामा बासी र्याल लगाउने गर्नु भयो भने आँखाको ज्योति बढ्नेछ ।
तपाईँले चस्मा लगाइरहनुभएको छ भने केही समय यसको आवश्यकता हटेर जानेछ । तपाईँले चस्मा लगाउनु पर्ने छैन । छालाको कुनै समस्या भइरहेको छ वा डन्डीफोर आएको छ भने पनि यी ठाउँमा आफ्नो बासी र्याल लगाउन सकिने अवतार बताउँछन् ।
कसरी लगाउने बासी र्याल
बच्चाहरूको आँखाको ज्योति बढाउन हरेक बिहान आफ्नो बासी र्याललाई उनीहरूको आँखामा लगाउन सकिन्छ । यसलाई नियमित रूपमा पालना गर्नुपर्छ । तर र्याल लगाइदिएको केही समय पछि उनीहरू मुख धोइदिन भने नबिर्सनुहोला ।
अस्वीरकणः बासी र्यालले आँखाको ज्योति बढाउँछ कि बढाउँदैन भनेर विज्ञानमा कुनै प्रमाण छैन । न त यस विषयमा अहिलेसम्म कुनै अनुसन्धान नै गरिएको छ । यो विधि पालना गर्नु अघि डाक्टरलाई अवश्य सम्पर्क गर्नुहोला ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij