Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

देशभरबाट ७३ थान हतियार बरामद

देशभरबाट ७३ थान हतियार बरामद

काठमाडौँ : जेनजीको आन्दोलनका क्रममा लुटिएका थप हतियार काठमाडौँको महाराजगन्ज र माछापोखरी क्षेत्रबाट नेपाली सेनाले बरामद गरेको छ। सेनाले महाराजगन्ज इलाकाबाट लुटपाटमा संलग्न चार जना व्यक्तिलाई पक्राउ गरी सात थान हतियार, सोका म्यागजिन, राउन्ड र अन्य सहायक सामग्रीहरू बरामद गरेको हो। यसैगरी, माछापोखरीबाट थप एक थान हतियार बरामद गरिएको सेनाले जनाएको छ। हालसम्म देशभरबाट ७३ थान हतियार बरामद भइसकेको छ।

नेपाली सेनाको विज्ञप्तिअनुसार, काभ्रेको धुलिखेल जिल्ला कारागारमा कैदीबन्दी र नेपाल प्रहरीबिच भएको झडपपछि स्थिति नियन्त्रणमा आएको छ। यस्तै, डिल्लीबजार कारागारमा लागेको आगो पनि सेना र अन्य सुरक्षा निकायको संयुक्त प्रयासबाट पूर्ण रूपमा निभाइएको छ।

यसैबिच, विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूलाई नियन्त्रणमा लिने कार्य जारी छ। सेनाका अनुसार, सप्तरीबाट ४, सुनसरीबाट २०२, रुकुम (पश्चिम)बाट ४३, कपिलवस्तुबाट ५० र म्याग्दीबाट ४ जना फरार कैदीबन्दीलाई पक्राउ गरिएको छ। भागेका अन्य कैदीबन्दीको खोजी कार्य पनि तीव्र पारिएको सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij