Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

अवाञ्छित गतिविधि गर्नेलाई सेनाले पक्राउ गर्न थाल्यो ,धादिङ कारागार सेनाको नियन्त्रणमा

अवाञ्छित गतिविधि गर्नेलाई सेनाले पक्राउ गर्न थाल्यो ,धादिङ कारागार सेनाको नियन्त्रणमा

धादिङ : जिल्लाको शान्ति सुरक्षा कायम राख्न धादिङमा नेपाली सेनाले कडा सुरक्षा व्यवस्था कायम गरेको छ ।बजारको चोक चोक र बाटो सबै स्थानहरूमा नेपाली सेनालगायत नेपाल प्रहरीको संयुक्त टोलीले बाक्लो गस्ती गरेको छ भने बजार क्षेत्रमा विशेष निगरानीमा राखी सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

सेनाले र प्रहरीको संयुक्त टोलीले कारागारलगायतका स्थानमा बाक्लो उपस्थितमा रहेको छ ।भाग्न खोजेका कैदी बन्दीलाई समेत तिनै तहको कडा सुरक्षा घेरामा राखी कारागार सेनाले नियन्त्रणमा लिन सफल भएको छ ।यसै गरी धादिङको सदरमुकामको बिच बजारमा सडक जाम गर्न खोज्नेलाई सेनाले पक्राउ गरी प्रहरीमा पठाएको छ भने भाग्नेहरूको खोजी कार्य समेत भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij