Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

प्रधानसेनापति र जेनजीबीचको वार्ता असफल, सैद्धान्तिक कुरा मिलेन

प्रधानसेनापति र जेनजीबीचको वार्ता असफल, सैद्धान्तिक कुरा मिलेन

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति र जेनजी प्रतिनिधिबीच भएको पछिल्लो वार्ता निष्कर्षविहीन भएको छ ।आज बिहान भएको छलफलमा सैद्धान्तिक विषयमा सहमति नजुटेपछि जेन जीकी प्रतिनिधि रक्षा बम बीचमै छलफल कक्षबाट बाहिरिएकी हुन् ।बमले भनिन्, “म आजको छलफलबाट बाहिर निस्किसकेँ है।

हाम्रो केही सैद्धान्तिक कुरा नमिलेपछि छलफलका क्रममा बाहिर निस्केको हुँ ।”यसअघि गएराति पनि बमसहित जेन जीका नौ जना प्रतिनिधि र सेनाप्रमुखबीच लामो छलफल चलेको थियो । तर मूल मुद्दामा सहमति नजुटेकै कारण वार्ता निरन्तर परिणामविहीन भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij