Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

जेनजी प्रतिनिधिले आज राष्ट्रपतिसँग वार्ता गर्ने, हिजो मध्यरातमा प्रधानसेनापतिसँग छलफल

जेनजी प्रतिनिधिले आज राष्ट्रपतिसँग वार्ता गर्ने, हिजो मध्यरातमा प्रधानसेनापतिसँग छलफल

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले मंगलबार राति जेनजीका प्रतिनिधिहरुसँग आन्दोलनरत पक्षको मागबारे छलफल गरेका छन् । उनले जेनजीका मागबारे बुझ्न भन्दै आन्दोलनरत जेनजी समूहका प्रतिनिधिलाई जंगीअड्डा बोलाएर मंगलबार मध्यरातमा छलफल गरेका हुन् । उनले आन्दोलनको अगुवाई गर्ने विभिन्न समूहका जेनजी प्रतिनिधिहरुलाई आज राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गराउने प्रतिबद्धता जनाएका छन् ।

आन्दोलनको अगुवाई गरेको जेनजीका विभिन्न समूहका प्रतिनिधिसँग आज सेनापति सिग्देल राष्ट्रपति रामचन्द्र पौडेलले वार्ता गर्ने छलफलमा सहभागी एक प्रतिनिधिले जानकारी दिए । मंगलबार छलफलमा सहभागी ति प्रतिनिधिका अनुसार सेनापति सिग्देलले आन्दोलनको क्रममा भएको मानवीय क्षतिबारे दुःख व्यक्त गर्दै आन्दोलनरत पक्षलाई वार्ताबाट आफ्नो माग सम्बोधन गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij