Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

मोरङमा आन्दोलनका नाममा चोरी तथा लुटपाटमा संलग्न चार जना पक्राउ

मोरङमा आन्दोलनका नाममा चोरी तथा लुटपाटमा संलग्न चार जना पक्राउ

विराटनगर : मोरङ जिल्लाको विराटनगर महानगरपालिकाका विभिन्न स्थानमा चोरी तथा लुटपाट गर्दै हिँड्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई चोरी गरेको सामानसहित रंगेहात पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१८ का ७० वर्षीय चन्दन मण्डल र ३९ वर्षीय गंगा प्रसाद मण्डल रहेका छन्। यसका साथै, भारतका २० वर्षीय अभिषेक प्रसाद र २५ वर्षीय रामतेश प्रसाद पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूको साथबाट चोरी गरिएका विभिन्न सामानहरू समेत बरामद गरेको छ। बरामद भएका सामानहरूमा मे १ ह ६५०५ नम्बरको टेम्पो, बीआर ३८ एन ४५४१ र बीआर ३८ भी २१२९ नम्बरका दुई वटा मोटरसाइकल, 'ग्रीन नेपाल' लेखिएको १२ भोल्टको ७ वटा ब्याट्री, ३ वटा इन्भर्टर, १ थान सोफा र अन्य पुराना फर्निचरका सामानहरू रहेका छन्।पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij