Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

शान्तिपूर्ण प्रदर्शनमा भएको हिंसात्मक घटनाप्रति गैरआवासीय नेपाली सङ्घद्वारा दुःख व्यक्त

शान्तिपूर्ण प्रदर्शनमा भएको हिंसात्मक घटनाप्रति गैरआवासीय नेपाली सङ्घद्वारा दुःख व्यक्त

काठमाडौँ : बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। सङ्घले जारी गरेको एक विज्ञप्तिमा भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जालहरूमा लगाइएको प्रतिबन्ध विरुद्ध जेनजी पुस्ताले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीका कारण १९ जनाको मृत्यु भएको भएको खबरले आफूहरूलाई स्तब्ध बनाएको उल्लेख छ।विज्ञप्तिमा भनिएको छ,'लोकतान्त्रिक मुलुकका हरेक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रूपमा आफ्ना विचार राख्ने संवैधानिक अधिकार प्रत्याभूत हुन्छ ।'

एनआरएनएले मृतकका परिवारलाई अविलम्ब राहत, घाइतेहरूको निःशुल्क उपचार, जेनजी पुस्ताले उठाएका जायज मागहरूको समयमै सम्बोधन, घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गरेको छ। साथै, भविष्यमा यस्ता प्रदर्शनहरूमा अत्यधिक बल प्रयोग नगर्न र उच्च सुरक्षा सतर्कता अपनाउन नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ।

प्रवक्ता फणीन्द्र पन्तद्वारा जारी गरिएको विज्ञप्तिमा नेपालको संविधानले व्यवस्था गरेको अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक, सूचनाको हक तथा अन्तर्राष्ट्रिय मानव अधिकार घोषणापत्रमा उल्लिखित अधिकारहरूको सम्मान गर्न नेपाल सरकारलाई अनुरोध गरिएको छ ।

प्रेस-बिज्ञप्ति-८-सेप्टेम्बर२०२५_page-0001

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij