Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

जेनजीको मृत्यु हुनुमा सरकार पूर्ण रुपमा जिम्मेवार : श्रेष्ठ

जेनजीको मृत्यु हुनुमा सरकार पूर्ण रुपमा जिम्मेवार : श्रेष्ठ

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले जेनजी पुस्ताको आह्वानमा भएको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु हुने गरी भएको घटनामा सरकार पूर्ण रुपमा जिम्मेवार रहेको बताएका छन्।

श्रेष्ठले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शान्तिपूर्ण आन्दोलनका क्रममा कलिला विद्यार्थीमाथि अत्यधिक बल प्रयोग हुनु दुःखद भएको बताएका छन्। शान्ति सुरक्षा कायम गर्ने अन्य वैकल्पिक उपाय हुँदाहुँदै पनि गोली प्रहार गरेर ठूलो संख्यामा युवाको ज्यान लिनु अमानवीय र निन्दनीय भएको उनको टिप्पणी छ ।

उनले भनेका छन्, 'यस दुखत घटनामा सरकार पूर्ण रुपमा जिम्मेवार देखिन्छ । विशेष गरी प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरुले यस दुखत घटनाको जिम्मेवारी लिनै पर्नेहुन्छ ।'

श्रेष्ठले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न आग्रह गर्दै जे–जीले उठाएका मागहरुलाई समयमा सम्बोधन गर्न सरकारसँग अपील गरेका छन्।त्यस्तै, उनले घटनामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, उनले घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij