काठमाडौंं : बानेश्वरमा जेनजीको प्रदर्शनमा उत्रिएका एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका प्रदर्शनकारीको बानेश्वरकै सीभील अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
अस्पतालका प्रा.डा. मोहनचन्द्र रेग्मीले एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । उनको परिचय भने खुलिसकेको छैन। सीभील अस्पतालमा ७० भन्दा धेरै घाइतेको उपचार जारी छ।
यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij