दाङ : इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एकजना मृत्यु भएको छ । ज्यान मार्ने कसुरमा सोधपुछका लागि तीन दिनदेखि हिरासतमा राखिएका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो।
कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज विहान उनको मृत्युे भएको बाँके प्रहरीका प्रवक्ता डीएसपी नरेश पातलीले जानकारी दिए । मृतक सिंहको मृत्युको कारण र उनलाई कति दिनको म्याद थपिएको थियो भन्ने विषय प्रहरीले खुलाएको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij