Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

जेनजी नेपालले भन्यो– स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाए, सबैजना घर फर्किनू

जेनजी नेपालले भन्यो– स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाए, सबैजना घर फर्किनू

काठमाडौं : जेन जीको प्रदर्शन अशान्तपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बेलुका १० बजेसम्मका लागि बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जेनजी आन्दोनलमा सहभागी भएका प्रदर्शनकारीहरुले बानेश्वरमा रहेको संसदभवनको पर्खाल तोड्नेदेखि आगो लगाउनेसम्मको हर्कत गरेपछि प्रहरीले हवाइ फायर समेत गरिसकेको छ ।

तर, जेनजी नेपालले भने तत्कालै सबैलाई आन्दोलनबाट फर्किन आह्वान गरेको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो । यसअघि आन्दोलनको बारेमा पोस्ट गर्दै आएको पेजमा लेखिएको सूचनामा भनिएको छ–‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij