Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

संसद् भवनमा प्रदर्शनकारीको ढुंगामुढा, तितिरबितर पार्ने प्रहरीको प्रयास

संसद् भवनमा प्रदर्शनकारीको ढुंगामुढा, तितिरबितर पार्ने प्रहरीको प्रयास

काठमाडौँ : भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले नयाँ बानेश्वरस्थित संसद् भवनमा ढुंगामुढा गरिरहेका छन् । प्रहरीले प्रदशर्नकारीलाई तितरबितर पार्न अश्रुग्याँस प्रहार गरिरहेका छन् । प्रहरीले कयौँ राउन्ड अश्रुग्याँस प्रहार गर्दा पनि प्रदर्शनकारीहरु पछाडि हटेका छैनन् ।  जिल्ला प्रशासन कार्यालयले काठमाडौँका निश्चित स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij