पोखरा : लेखनाथ उद्योग वाणिज्य संघले पहिलो पटक महिलाको नेतृत्व पाएको छ । संघको १५ औँ अधिवेशनबाट जानुका पराजुली निर्वाचित भएकी हुन् । शनिबार सम्पन्न निर्वाचनमा जानुकाले ९ सय ९६ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी राजेन्द्र ओझाले ८ सय ३३ मत पाए । अध्यक्षसहित जानुका पराजुलीको प्यानलले सबै पदमा ‘क्लिन स्विप’ गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बाँस्तोला (९६६), प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य (११५०), द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराई (१२१८), महासचिवमा भरतराज ओझा (९५५), उपमहासचिव गंगा मल्ल (१०६६) र कोषाध्यक्षमा हरि बस्ताकोटी (१०२७) विजयी भएका छन् ।
सदस्यतर्फ सुजन न्यौपाने (१०७२), प्रतिक्षा रानाभाट (१०४०), भविन्द्र पुन (१०३६), बिरेन्द्रराज भुर्तेल (९७७), दीपक अधिकारी (९६०), प्रभा पौडेल लामिछाने (९४४), कृष्णप्रसाद तिमिल्सिना (८८३) र सन्दिप बुढाथोकी (८८३०) बुढाथोकी निर्वाचित भए । यस्तै, महिला सदस्यमा शर्मिला श्रेष्ठ (११८४०) , गंगा सापकोटा परियार (९१०) विजयी हुँदा एसोसिएट सदस्यमा दयाराज भण्डारी (२७) तथा संस्थागत सदस्यमा वीरभद्र कँडेल (निर्विरोध) निर्वाचित भएका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij