Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

हाम्रो पात्रोलाई पुनः सक्रिय बनाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

हाम्रो पात्रोलाई पुनः सक्रिय बनाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौँ : नेपाली एप हाम्रो पात्रो हाम्रो पात्रोलाई पुनः सक्रिय बनाउन आईएसपीलाई दूरसञ्चार प्राधिकरणको निर्देशन दिएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जालको रूपमा सूचीकरण भएपछि पात्रो तथा न्युज एग्रिगेटरको रूपमा रहेको पात्रोमाथिको प्रतिबन्ध फुकाइएको हो ।

प्राधिकरणले आइतबार मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई पत्राचार गर्दै हाम्रो पात्रो प्लेटफर्म पुनः सक्रिय गराउन पत्र काटेको छ । पत्रमा शुक्रबार हाम्रो पात्रो सूचीकरण भएको भन्दै पुनः सक्रिय गराइदिनू भन्ने व्यहोरा उल्लेख गरिएको छ ।हाम्रो पात्रो सामाजिक सञ्जाल अन्तर्गत पर्ने नदेखिए पनि बन्द गर्ने निर्णय लगत्तै हाम्रो पात्रोले सूचीकरण प्रक्रिया थालेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij