काठमाडौँ : सामाजिक अभियन्ता ईः ईः ले जेनजी पुस्ताले भोलि गर्न लागिएको विरोध प्रदर्शन सरकारले बिथोल्न खोज्ने ठुलो मूर्खता हुनसक्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेनजी पुस्ताले गर्न लागिएको विरोध प्रदर्शन उत्तेजना अनियन्त्रित बन्न सक्ने वा बनाइन सकिने बताएका हुन् ।
‘भोलिको आन्दोलनलाई सरकारले क्रूर दमन गर्न वा कुनै तिकडम लगाएर बिथोल्न खोजे त्यो नेपाली राजनीतिक इतिहासकै सबैभन्दा भयङ्कर मूर्खता हुनसक्ने सम्भावना छ । चरम निराशाको ऊर्जा असीमित देखिन्छ। आन्दोलनको परिष्कृत, सर्वस्वीकार्य नेतृत्व छैन। उत्तेजनाको बाढी अनियन्त्रित बन्न सक्छ, बनाइन सकिन्छ’, उनले लेखेका छन् ।
उनले वैश्विक र क्षेत्रीय माहौल पनि त्यसको लागि उर्वर रहेकाले सरकारसँग नतमस्तक भई उदार हुनुभन्दा उत्तम विकल्प नभएको उल्लेख गरेका छन् । सञ्चारमन्त्रीको राजीनामा सहित सामाजिक सञ्जालबारे निर्णय आजै सच्याउनु बुद्धिमानी हुने उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij