काठमाडों : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारका कामलाई प्रभावकारी रूपमा लैजान सके मात्र पार्टी बलियो हुने बताएका छन् । ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो ठाउँ वडाबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्ने बताए । उनले वडा तहबाट काम सुरु भयो भने प्रत्यक्ष देखिनेसमेत बताए । जुन कमिटीबाट बिदा वा प्रवेश गरेको हो त्यही कमिटीले निर्वाचनमा हारेकालाई व्यवस्थित गर्नुपर्ने उनको भनाई छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij