Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

टीसीएलको दसैँ, तिहार अभियान सुरु, आकर्षक छुट र उपहारहरू दिने घोषणा

टीसीएलको दसैँ, तिहार अभियान सुरु, आकर्षक छुट र उपहारहरू दिने घोषणा

काठमाडौँ : नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले दसैँ-तिहारको अवसर पारेर ‘ग्रेटनेस इन एभ्री मोमेन्ट, इन्सपायर एभ्री सेलिब्रेसन’ नामक विशेष अभियान सुरु गरेको छ। यस योजनामार्फत ग्राहकहरूलाई आकर्षक छुट र पक्का उपहार दिने कम्पनीको लक्ष्य छ।

यस अभियानअन्तर्गत ग्राहकहरूले २ लाख ८ हजार २०० रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन्। साथै, विभिन्न उत्पादनको खरिदमा थप उपहारहरूको पनि व्यवस्था गरिएको छ। टीसीएल साइड बाई साइड रेफ्रीजरेटर किन्दा निःशुल्क वाटर डिस्पेन्सर, वासिङ मेसिन किन्दा ६ केजी एरियल डिटर्जेन्ट, एयर कन्डिसनर किन्दा निःशुल्क जडान सुविधा र ४३ इन्च वा सोभन्दा ठुला टीसीएल टिभी किन्दा ९ महिनाको नेटटिभीको निःशुल्क सदस्यता प्राप्त गर्न सकिनेछ।

यो अभियान भदौ १९ गतेदेखि सीमित अवधिका लागि नेपालभरका सबै आधिकारिक शोरूम र विक्रेताहरूमा लागू गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij