Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

सुनसरीमा खोलाले मोटरसाइकल बगाउँदा श्रीमान् बेपत्ता, श्रीमती घाइते

सुनसरीमा खोलाले मोटरसाइकल बगाउँदा श्रीमान् बेपत्ता, श्रीमती घाइते

विराटनगर : सुनसरीको बराहक्षेत्र नगरपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । दूधपानी खोलाले मोटरसाइकल बगाउँदा मोटरसाइकलमा सवार सर्लाही हरिवानका मनिष पाँचकोटी बेपत्ता भएका छन् । उनकी श्रीमती सिलु खड्की घाइते भएकी छन् ।

मोटरसाइकल काठमाडौँबाट धनकुटातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७३८ नम्बरको मोटरसाइकल बराह क्षेत्र नगरपालिका-१ दूधपानी खोला तर्दै गर्दा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।

खोला तर्ने क्रममा मोटरसाइकल सहित उनीहरूलाई बगाएको थियो । घाइते खड्गीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij