Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ : वैदेशिक रोजगारीको आकर्षक प्रलोभन देखाएर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा विशाल बुढा मगर, निकेश ढुङ्गाना, र योगेन्द्र सिंह दनुवार रहेका छन्।

प्युठानका ३४ वर्षीय विशाल बुढा मगरले क्यानडा पठाइदिने भन्दै दुई जनाबाट १५ लाख ३० हजार रुपैयाँ ठगी गरेका थिए। त्यस्तै, झापाका ३० वर्षीय निकेश ढुङ्गानाले बेलायत (युके) पठाइदिने भन्दै एक जनाबाट ४१ लाख रुपैयाँ ठगी गरेका थिए। महोत्तरीका ४४ वर्षीय योगेन्द्र सिंह दनुवारले पनि अल्बानिया पठाइदिने भन्दै एक जनाबाट ९ लाख ३४ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई क्रमशः बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij