काठमाडौँ : नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन् । नेपाल सरकार, अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले दिएको सूचना अनुसार ७ दिनको म्यादभित्र आवेदन दिनेहरुको सूची सार्वजनिक भएको हो।
अध्यक्ष पदका लागि आवेदन दिनेहरूमा विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा. दामोदर बसौला, चिन्तामणि सिवाकोटी, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, प्रा.डा. दीपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई, र महेश्वर न्यौपाने रहेका छन्।
नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि सिफारिस समितिले मिति २०८२/५/१३ मा दरखास्त आह्वान गरेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij