हेटौँडा : चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका-१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका-१६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमा नै मृत्यु भएको हो ।
दैनिक उपभोगका सामान खरिद गर्न गएका बेला चट्याङ लागेर निजको मृत्यु भएको हो । प्रजाको शवपरीक्षणका लागि हेटौँडा अस्पताल पुर्याइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij