मस्को : युक्रेनलाई पश्चिमी देशहरूले दिने भनेको सुरक्षा ग्यारेन्टीलाई रुसले अस्वीकार गरेको छ । युक्रेनमा सुरक्षा ग्यारेन्टी दिनका लागि विदेशी सेनाको तैनाथी कुनै पनि अवस्थामा स्वीकार नगरिने रुसले स्पष्ट पारेको त्यहाँको सरकारी सञ्चारमाध्यमले समाचार छापेको भन्दै बीबीसीले जनाएकाे छ ।
पश्चिमी देशहरूले औपचारिक रूपमा युद्धविराम भएको भोलिपल्टै भूमि, समुद्र वा आकाश कुनै पनि बाटोबाट सेना पठाउन सक्ने औपचारिक रूपमा कसम खाएको भनेर फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले बताएपछि रुसको यो बयान आएको हो ।
‘कोलिशन अफ विलिङ्ग’ नाम गरेको ३५ देशको शिखर सम्मेलनपछि म्याक्रोले सो अभिव्यक्ति दिएका थिए । आगामी दिनमा अमेरिकी समर्थनलाई अन्तिम रूप दिइने उनको भनाइ थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हालै अमेरिकी समर्थन हवाई मद्दतको रूपमा आउनसक्ने सङ्केत गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij